रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश भएको छ ।
आज तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले थप प्रमाण भन्दै मिसिल झिकाउन आदेश दिएको हो । यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरु मिसिल’ मगाउने आदेश दिएको थियो । गत बिहीबार सुरु मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको हो ।
प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १७:३६












