१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

२७ कात्तिक, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएको छ । यस दिन नेप्से ०.३१ अंकले बढेर २५४४.९१ को विन्दुमा कायम भएको हो । सेयर बजारमा १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको सेयर मूल्य घटेको ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । आज हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे १६ करोड ८० लाखकाे काराेबार भएकाे हाे । यस दिन ५ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लाएको छ । मालिबुङ इनर्जी, श्वेतगंगा हाइड्रोपावर, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको सेयरमा यस दिन सकारात्मक सर्किट लाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले यस दिन ४.४२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १५:२७