५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२७ कात्तिक, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएको छ । यस दिन नेप्से ०.३१ अंकले बढेर २५४४.९१ को विन्दुमा कायम भएको हो ।
बिहीबार ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ५ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लाएको छ । मालिबुङ इनर्जी, श्वेतगंगा हाइड्रोपावर, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको सेयरमा यस दिन सकारात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १५:१४













