२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एक बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा, तपाईको आयो त ?

२७ कात्तिक, काठमाडौं । ग्लोवल आइएमइ बैंकले सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । हिजो वार्षिक साधारणसभा गरेको बैंकले आज नै सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

साधारणसभाले चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट पारित गरेकाे थियाे । सभाले  पारित गरेसँगै सेयरधनीकाे बैंक खातामा नगद लाभांश पठाइदिएकाे हाे ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १३:३०