७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नाफासँगै बढ्यो सानिमा मिडिल तमोरको प्रतिसेयर आम्दानी

२७ कात्तिक, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३.०३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ४.०९ प्रतिशत र खुद सञ्चालन मुनाफा ३.६३ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २२ करोड २१ लाख रुपैयाँबाट घटेर १६ करोड ६६ लाख रुपैयाँमा झरेको छ । ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २१ पैसा, प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ४४ पैसा  र मूल्य आम्दानी अनुपात १८.०१ गुणा रहेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार ११:१९