प्रि ओपन सेसनमा करिब ६ अंकले घट्यो नेप्से
२७ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ५.९६ अंकले घटेर २५३८.६२ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५७ स्टकको ९२ पटकको कारोबारमा १९ लाख ५८ हजार ५३ रुपैयाँबराबरको २ हजार ८५७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार ११:०३













