२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला २ लाख ५० हजार नाघ्यो

२७ कात्तिक, काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य बढेको छ । यस दिन सुन प्रतितोला ५ हजार ९०० रुपैयाँले बढेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी तोलामा १७० रुपैयाँ बढेको छ । आज  चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार ११:०१