कुमारी बैंकले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
२७ कात्तिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले सेयरधनीहरुलाई निराश बनाउँदै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
बैंकले लाभांश वितरण नगर्ने घोषणा गरेसँगै यो बर्ष सेयरधनीहरुको हात खाली हुनेछ । बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १०:३४












