१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

अप्पर स्याङ्गेले कमायो ९ लाख १६ हजार खुद नाफा, विद्युत बिक्री आम्दानी पनि बढ्यो

२७ कात्तिक, काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९८.२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६३ लाख ५४ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

याे अवधिमा कम्पनीले ९ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ३२ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २४३.५२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३७ लाख ११ हजार रुपैयाँ ऋणात्मकबाट ८५ लाख ९१ हजार रुपैयाँ धनात्मक भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १७ पैसा ऋणात्मकबाट १ रुपैयाँ ६७ पैसा धनात्मक भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०३.२९ गुणा रहेको छ।

प्रकाशित मिति : November 13, 2025 at 10:11 am