२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

एमाले नेता राजकुमार राईलाई पितृ शाेक

२६ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का नेता राजकुमार राईलाई पितृ शोक परेको छ । राजकुमारका पिता ज्ञानबहादुर राईको ७० वर्षको उमेरमा राष्ट्रिय ट्रमा सेन्टरमा बुधबार निधन भएको हो । आरआर क्याम्पसका पूर्व स्ववियु सभापति राजकुमार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको स्वकीय सचिव समेत हुनुहुन्छ ।

बिहीबार बिहान ट्रमा सेन्टरबाट पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने परिवारले जनाएको छ । बिहान ८ बजे विधुति शवदाह गृहमा अन्त्यष्टि गरिने जनाइएको छ ।

dainiki.com

खोटाङमा कामको शिलशिलामा लड्न पुगेपछि हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँको ट्रमा सेन्टरमा सघन कक्षामा राखेर उपचार गरिरहेकै समयमा बुधबार बिहान निधन भएको हो । उहाँको एक छोरा राजकुमार र एक छोरी हुनुहुन्छ । ज्ञानबहादुरले यसै वर्ष श्रीमति गुमाउनुभएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १९:५२