९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचीकृत

२६ कात्तिक, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम कात्तिक २३ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले गत साउन ६ गतेदेखि साउन २० गतेसम्म ३ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र जारी गरेको थियो । ८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १६:३४