१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्का नियुक्त

२६ कात्तिक, मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गर्नुभएको छ । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आज गर्नुभएको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका–४ निवासी खड्कालाई आजका मितिदेखि लागु हुने सो पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज आयोजित एक समारोहमा उहाँले खड्कालाई नियुक्तिपत्र प्रदान गर्नुभएको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : November 12, 2025 at 3:56 pm