तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयोः डा रावल
२६ कात्तिक, काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझै भएको प्रतिक्रिया दिनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उहाँले भन्नुभयो, “जुनबेला नेपाल कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो । फर्केर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागे झै भएको छ ।”
संयोजक बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरणलाई सशक्त रुपमा अघि बढाउने सङ्कल्पका साथ बढ्ने प्रण गर्नुभयो । “आगामी दिनमा शक्ति रुपले सङ्गठनात्मक भावनात्मक एकता र सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुगिसक्ने छौँ”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : November 12, 2025 at 3:36 pm









