१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

२५४४ अंकमा झर्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

२६ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन बजार २०.५६ अंकले घटेर २५४४.५९ को विन्दुमा कायम भएको हो ।

बुधबार ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।बुधबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ४० करोड ३४ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।

दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक ८.७२ प्रतिशत घटेको छ। यस दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन भुगोल इनर्जी डेभलपमेन्ट, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १५:३१