४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति ?
२६ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन बजार २०.५६ अंकले घटेर २५४४.५९ को विन्दुमा कायम भएको हो ।
बुधबार ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।यस दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन भुगोल इनर्जी डेभलपमेन्ट, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : 15:19









