घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२६ कात्तिक, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार ११:०५












