२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्यो बम्पर लाभांश, बोलायो साधारण सभा

२६ कात्तिक, काठमाडाैं ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभाले लाभांशका साथै बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित परिन गर्नेछ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १०:३६