१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

३४०.२३ प्रतिशतले बढ्यो मनकामना इन्जिनियरिङ्गको नाफा

२६ कात्तिक, काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४०.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१८ प्रतिशत बढेको छ भने कुल नाफा २४.८५ प्रतिशत बढेको छ। साथै, कम्पनीको वित्तीय खर्च भने ३०.६९ प्रतिशत घटेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २७ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५४ पैसा बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६६.२१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२३ गुणा रहेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १०:०२