अनेरास्ववियुको विवाद सतहमा, महासचिव र उपमहासचिव विज्ञप्ति मार्फत आमनेसामने
२५ कात्तिक, काठमाडौँ । सत्ताको नेतृत्व गर्दागर्दै जेनजी पुस्ताको विद्रोहले सडकमा पुगेको नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुमा जारी विवाद सतहमा देखिएको छ । मंगलबार अनेरास्ववियुका महासचिव दीपक धामी र उपमहासचिव कमल जोशीले विज्ञप्ति मार्फत आमनेसामने भएको जानकारी बाँड्नुभएको छ ।
अध्यक्ष सुजन कडरियाले जेनजी विद्रोहमा आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सत्ताले युवा विद्यार्थीको विभत्स हत्या गरेको सहन नसकेर अनेरास्ववियुको अध्यक्षमा रहिरहन नसक्ने भनेर दिएको फेसबुके राजीनामाले अनेरास्ववियु विभाजित बनेको हो ।

कडरियाले परिस्थितिका बारेमा बताएर पछि राजीनामा फिर्ताको घोषणा समेत गरिसक्नुभएको छ । यद्यपी एमालेका केही नेता र अनेरास्ववियुका केही पूर्व अध्यक्षले कडरियालाई अपदस्थ गरेर धामीलाई अध्यक्षमा नियुक्त गर्न खोजेपछि विवाद देखिएको हो ।
एमालेको घर फर्क राष्ट्रिय अभियानमा नाराबाजीसहित उपस्थित भएर अनेरास्ववियुको कार्यलय प्रवेश गर्नुभएको कडरियाले कार्यालय प्रवेश गरेको विषयमा आपत्ति जनाउँदै महासचिव धामीले विज्ञप्ति जारी गर्नुभएको छ भने उपमहासचिव जोशीले दुई जना उपाध्यक्ष हुँदाहुँदै महासचिवले अनेरास्ववियुको नेतृत्वको कब्जा गर्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले विवादको निरूपण पार्टीका नेताको आदेशमा नभइ अनेरास्ववियुको केन्द्रीय कमिटीबाट गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसैबीच अनेरास्ववियुका अध्यक्षका प्रतिस्पर्धी प्रकाश पौडेलले अनेरास्ववियुको नेतृत्व र आन्तरिक जिवनको बारेमा २४औँ महाधिवेशन बाट निर्वाचित केन्द्रिय कमिटीलाई दिन सुझाव दिनुभएको छ । जुन वैधानिक थलो पनि हो । यस्तो छ प्रकाशको अनुरोध


प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार २१:५५












