२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

बैंकिङ कसूर मुद्दामा फरार रहेकी नुवाकोटकी बिन्दा ढुंगेल पक्राउ

२५ कात्तिक, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एक जना फरार प्रतिवादी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.०४ घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं.१० बस्ने ४५ बर्षकी बिन्दा ढुंगेल रिजाल रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलिले रिजाललाई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.१ बाट पक्राउ गरेको हो । रिजाललाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट १(एक) र काठमाडौं जिल्ला अदालत बबरमहलबाट ४ (चार) गरी ५ (पाँच) मुद्दामा फैसला भएकाे थियाे । उक्त फैसला भएसँगै हालसम्म फरार रहेकी बिन्दालाई प्रहरीले कात्तिक २४ गते पकुाउ गरेकाे हाे । पक्राउ परेकी रिजाललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १७:४९