२ करोड कित्ता आईपीओ निष्कासन गर्दै सोलु हाइड्रोपावर
२५ कात्तिक, काठमाडौँ । सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनका लागि कात्तिक २४ गते अनुमति दिएको हो ।
धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनकाे अनुमति दिएसँगै अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीकाे आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल लिमिटेड रहेकाे छ ।
प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १६:५०












