नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा भने गिरावट
२५ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा बन्द भएको छ । मंगलबार १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८३ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
आज शाहस उर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३५ करोड ५८ लाख रुपैयाँको काराेबार भएकाे छ । मंगलबार ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन शाइन रेशुङ्गा डिबेञ्चर, बन्दीपुर केवलकार, मालिबुङ इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १५:२२













