८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनकाे मूल्य कति बढ्याे ?

२५ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा बन्द भएको छ । मंगलबार ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन शाइन रेशुङ्गा डिबेञ्चर, बन्दीपुर केवलकार, मालिबुङ इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १५:१०