१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

७१.२३ प्रतिशतले बढ्यो पियोर इनर्जीको नाफा

२५ कात्तिक, काठमाडौं । पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीले ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमाससम्म कम्पनीले ६ करोड ५५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो आवमा ६ करोड ८ लाख कुल खर्च गरेको कम्पनीले चालु आवमा भने ५ करोड ६२ लाखको कुल खर्च गरेको छ ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ करोड २८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २२ पैसा बढेर ४ रुपैयाँ ५० पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६४.८८ गुणा रहेको छ।

प्रकाशित मिति : November 11, 2025 at 12:38 pm