एकैदिन ताेलामा करिब ५ हजारले बढ्याे सुन, कतिमा हुँदैछ काराेबार ?
२५ कात्तिक, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ करिब ५ हजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदी तोलामा १०५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार ११:०९












