मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारी बर्खास्त
२४ कात्तिक, काठमाडौँ । सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्नका लागिसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।
मधेस प्रदेशका प्रदेश प्रमुख हिजो दिउसो विरामी भएँ भनेर जनकपुर बाट हिँड्नु भयो र राती होटेल सपथग्रहण गराउनु भयो। आज काठमाडौं आएर अस्पताल भर्ना हुनु भयो सायद भोलि डिस्चार्ज भएर अब सिधै घरको बाटो तताउनु हुनेभयो ।
प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार २०:२५












