कैद बापतको रकम बुझाएर कारागारबाट छुटे एमाले नेता शेर्पा
२४ कात्तिक, काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा कारागारबाट छुटेका छन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
कात्तिक १८ गते बहुविवाह मुद्दामा फरार रहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियाे । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । कैद वापतको रकम तिरेर बाहिर निस्किन पाउँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए ।
प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १४:०८












