२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

फेरि उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२४ कात्तिक, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला ५ दिनदेखि सुनको भाउ उकालो लागेको छ ।

त्यस्तै, यस दिन चाँदी तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार ११:०९