२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

महुली लघुवित्तको नाफामा उछाल, खुद ब्याज आम्दानी कति ?

२४ कात्तिक, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७५६३.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ४ लाख ४९ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३१.९० प्रतिशतले बढ्दै ११ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी ७८ लाख १६ हजार रहेको छ । कम्पनीकाे खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५३ लाख पुगेको छ । संस्थाको कुल सञ्चालन आम्दानी ११ करोड ९२ लाख र सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १४८.७९ प्रतिशतले बढ्दै १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । चुक्तापूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । पहिलो त्रैमाससम्ममा १ अर्ब ८७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ५६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

संस्थाको खराब कर्जा अनुपात ४.८३ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३७.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२६.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.१७ गुणा कायम भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १०:१४