२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

माओवादी छाडेका कुलमानको नेतृत्वमा नयाँ पार्टी घोषणा हुँदै

२४ कात्तिक, काठमाडौँ । विघटन हुनु अगाडि नै नेकपा (माओवादी केन्द्र)बाट राजिनामा दिनुभएको वर्तमान सरकारका प्रभावशाली मन्त्री कुलमान घिसिङले नयाँ पार्टी घोषणा गर्ने हुनुभएको छ ।

घिसिङको नेतृत्वमा जनसेवा पार्टी खुल्ने निर्णय भएको छ । पार्टीको केन्द्रीय समिति २१ सदस्यीय हुनेगरी तयारी गरिएको छ । जेनजी विद्रोहपछि नयाँ पार्टी दर्ताको लहर नै चलिरहेको बेलामा कुलमानले पनि दल दर्ताको निर्णय लिनु भएको हो । जेनजी पुस्ताले निर्माण गरिरहेको विभिन्न समूहको साथ र समर्थन घिसिङले प्राप्त गर्ने सम्भावना रहेको निकटहरूले बताएका छन ।

dainiki.com

ऊर्जा मन्त्री रहनुभएको घिसिङले यसअघि अमेरिका जानुअघि माओवादीको उर्जा विभागबाट राजीनामा दिनुभएको थियो । विद्यार्थीकालदेखि नै माओवादीको अभियानमा सक्रिय उहाँको पत्नी भने राप्रपामा सक्रिय हुनुहुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार ०७:२८