२० वर्ष कैद बाँकी छँदै जेनजी विद्रोहमा कारागारबाट भागेका नुवाकोट लिखुका विनोद सुनार पक्राउ
२३ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २० वर्ष कैद बाँकी छँदै जेनजी विद्रोहमा कारागारबाट भागेका नुवाकोट लिखुका विनोद सुनारलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा २५ बर्ष कैद सजाय कायम भई २०७७ असार १३ गते देखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका सुनार भदौ २४ गते भागेका थिए ।
नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका सुनार लुकुछिपि काठमाडौँको तारकेश्वरमा बसिरहेको सूचना पाएपछि ब्यूरोको टोलीले पक्राउ गरेको हो । आइतबार ब्यूरोको टोलीले तारकेश्वर नगरपालिकाको वडा नम्बर ५ अर्यालटारबाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवलमा बुझाएको प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार २१:४६












