२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

निर्वाचन आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेताहरू

२३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । दल दर्ताका लागि आवश्यक थप कागजात लिएर नेताहरु निर्वाचन आयोग पुगेका हुन् । यही २० गते नै नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेको थियो ।

केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० वटा वाम दल र समूहसहितले पार्टी एकताको घोषणा गरेका थिए ।  वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका हुन् ।  नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १७:३७