नेपाल ट्रस्टका पूर्व सहसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति
२३ कात्तिक, काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो । चितवन जिल्लाको साविक श्रीपुर २, हाल भरतपुर महानगरपालिका– १५ बस्ने ६६ वर्षीया कार्की शनिबार पक्राउ परेका थिए ।
प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १७:२३












