नक्सालको भाटभटेनी भत्काउने क्रममा तीन जना घाइते, एकको अवस्था गम्भीर
२३ कात्तिक, काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, हेटौंडा उपमहानगरपालिका–१ का ३३ वर्षीय राजकुमार स्याङ्तान, २५ वर्षीय दीपक तामाङ र अजय पाख्रिन घाइते भएका हुन् । घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर रहेकाे छ ।
घाइते भएका उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनीमा तोडफोड र आगजनी गरिएका थिए ।
प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १६:४७












