२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

युनियन हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा कायम भएको हो ।

यस दिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल रि इन्स्योरेन्सको २३ करोड ५३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २१ करोड ८९ लाख रुपैयाँ, राधि विद्युतको २१ करोड ६९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १५:१३