२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

२३ कात्तिक, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीको एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

जेनजी आन्दोलनको क्रममा बम्जन हिरासतबाट भागेका थिए । उनी कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा हिरासतमा थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १३:२२