नेपाल फाइनान्सकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले दिइन राजीनामा
२३ कात्तिक, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले राजीनामा दिनुभएको छ। श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजिनामा दिनुभएको हो ।
संस्थाको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ४०६औं सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।
प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार ११:२१












