स्वाबलम्बन लघुवित्तले ५० करोडको ऋणपत्र जारी गर्ने
२३ कात्तिक, काठमाडाैं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले रु. ५० करोडको ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र जारीको निर्णय गरेको कम्पनी सचिव चन्द्रमणि चौलागाईले जानकारी दिनुभयाे । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएपछि मात्र उक्त ऋणपत्र जारी गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।
प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १०:४६












