२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

आइसिएफसि फाइनान्सले घोषणा गर्यो लाभांश

२३ कात्तिक, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाशांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १०:३९