गृहमन्त्री अर्याल भन्छन्ः के गर्दैछौं भन्न मिल्दैन, कामबाट देखाउनेछौं
२३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्यौं भनेर भन्न समेत नमिल्ने बताउनुभएकाे छ । पछिल्लो समय आफ्नोबारे उठेका प्रश्नको जवाफ दिदै उहाँले गृह मन्त्रालय संवेदनशील भएकाले कतिपय विषयमा के गर्दैछौं भन्न नमिल्ने बताउनुभएकाे हाे ।
गृहमन्त्री अर्यालको कार्यशैलीमा जेनजी अगुवा सुदन गुरुङले प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा लेख्नुभएकाे, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।’
प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १०:१४












