२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

सिटी होटलकाे २१ लाख बढी हकप्रद सेयर आजदेखि लिलामीमा

२३ कात्तिक, काठमाडाैं । सिटी होटल लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको छ। कम्पनीले हकप्रदमा बिक्री हुन नसकेका २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो।

यी सेयरमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहका ६ हजार कित्ता र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता सेयर रहेका छन्। यसमध्ये संस्थापक र कर्मचारी समूहका सेयर लकइन अवधिमा रहेका छन्, जसको अवधि आगामी २०८३ जेठ ४ गतेसम्म कायम रहनेछ।

लिलामी प्रक्रियाको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ, र लगानीकर्ताले यसभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ। सबैभन्दा बढी मूल्य कबुल गर्नेले प्राथमिकता अनुसार सेयर प्राप्त गर्नेछन्। बाँकी सेयर दोश्रो बढी मूल्य कबुल गर्नेहरूलाई प्रदान गरिनेछ, यसरी क्रमशः बाँडफाँड प्रक्रिया पूरा हुनेछ।

लिलामीमा सहभागी हुनका लागि कम्तीमा १०० कित्ताको आवेदन अनिवार्य गरिएको छ। अधिकतम आवेदन भने सम्पूर्ण उपलब्ध सेयरका लागि दिन सकिनेछ। आवेदन दिने म्याद कात्तिक ३० गतेसम्म तोकिएको छ।

होटलले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा राखेको हो भने बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यस्तो बोलपत्र यही कात्तिक ३० गतेभित्र पेश गरिसक्नु पर्नेछ।

बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै प्रभु बैंकको विराटनगर, हेटौंडा, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ। यसमा होटलका संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार ०९:११