१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रतिनिधि सभा अदालतले पुनःस्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छः केपी ओली

२१ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताउनुभएकाे छ ।

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा आज आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले उहाँ आफैले पुनःस्थापना पनि गर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँलेले भन्नुभयाे, ‘जसले प्रतिनिधि सभा विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ। कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ ।’ अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर गर्नुभयो ।

“पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानव अधिकार आयोगमा बाहेक अन्य कार्यकारी भूमिकामा आउनु असंवैधानिक हो भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता छ”, उहाँले भन्नुभयो, “विधिवत् जनादेशलाई मिचेर संविधानविपरीत स्वेच्छाचारी ढङ्गले सरकार चल्न सक्दैन ।”

प्रकाशित मिति : November 7, 2025 at 4:19 pm