गरिमा विकास बैंकको मुनाफा २५ करोड, यस्ता छन् अन्य सूचक
२१ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । तीन महिनाको अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १.१९ प्रतिशतले बढेर ९९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको उक्त नाफा ९८ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ करोड २३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३५ करोड ७६ लाख रुपैयाँ पुराएको हो । समीक्षा अवधिमा बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६३ करोड २२ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ६३ करोड २२ लाख रुपैयाँ रहेको छ । खराब कर्जा समेत ४.७३ प्रतिशत रहेको हो । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.६४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६६.३८ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १२:२८












