२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

२१ कात्तिक, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकचालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँमा सीमित भएको हो ।गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको नाफा १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर १५ करोड २ लाख रुपैयाँमा सीमित भएको हो । चुक्तापूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको बैंककाे जगेडा कोषमा १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा समेत १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंककाे खराब कर्जा समेत ५.८२ प्रतिशतबाट बढेर ६.६३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७.१६ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ०.५३ र प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १०:५५