हिमालयन बैकको नाफा घट्यो, खराब कर्जा बढ्यो
२१ कात्तिक, काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंककाे नाफा ३.२४ प्रतिशतले घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
गत आवको पहिलो त्रैमासमा बैंकले २ अर्ब ४५ करोड ९ लाख ४५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ५० करोड ७१ लाख ११ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन नाफा १ अर्ब ८१ करोड ३० लाख ७५ हजार रुपैयाँबाट घटेर १ अर्ब ५ करोड ६६ लाख २३ हजार रुपैयाँमा सिमिति भएको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
असोज मसान्तसम्म बैंकको खराब कर्जा ७.३९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ४.९८ प्रतिशत रहेको थियो । २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड ९० लाख ८३ हजार रुपैयाँ छ । बैंकले ३ खर्ब १५ अर्ब ११ करोड ५८ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३२ अर्ब ७३ करोड ५९ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।बैंकको प्रतिसेयर आम्दानी १२.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १०:२३












