रामकुमारी झाँक्री र किसान श्रेष्ठले भटे ओली
२० कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे छ । उहाँहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएकाे एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बताउनुभयाे ।
उक्त भेटवार्तापछि झाक्रीसहित नेताहरू एमालेमा फर्कन तयार भएको जनाइएकाे छ । यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि बस्नेतले बताउनुभयाे ।
प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १६:३९












