११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

२० कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न गृहमन्त्री अर्याल भंगाल पुग्नुभएको हो ।

भण्डारीसँगको भेटमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय, आगामी प्रतिनिधिसभाको निर्वाचन लगायतबारे छलफल गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवास समेत निरीक्षण गर्नुभएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १५:४०