२६०० विन्दुभन्दा तल झर्यो नेप्से, कारोबार रकम भने बढ्यो
२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको १ करोड ८ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
बिहीबार ७७ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीको घट्यो भने ९ कम्पनीको स्थिर रह्यो । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रो इनर्जी र मैलुङ्ग इनर्जीको सेयरमा यस दिन सर्किट लागेको हो । सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
यस दिन शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ९१ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १५:३०












