२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको १ करोड ८ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रो इनर्जी र मैलुङ्ग इनर्जीको सेयरमा यस दिन सर्किट लागेको हो । साथै, यस दिन मानुषि लघुवित्तको ५.९० प्रतिशत, बेष्ट फाइनान्सको ५.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १५:२४