२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

एनआईसी एशिया बैंकका नवनियुक्त सीईओ शाक्यद्वारा पदभार ग्रहण

२० कात्तिक, काठमाडाैं। एनआईसी एशिया बैंक लिमिटेडको कात्तिक १७ गते बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुजित कुमार शाक्यले आज कात्तिक २० गते पदभार ग्रहण गर्नुभएकाे छ ।

झन्डै तीन दशकदेखि नेपालको बैंकिङ प्रणालीमा विशिष्ट योगदान पुर्याउँदै आएका शाक्य भारतको नयाँदिल्ली स्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (बी.कम) र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उत्तिर्ण गर्नुभएकाे थियाे ।

सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा शुरु गरेका शाक्यले हिमालयन बैंक, तत्कालिन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्नुभएकाे थियाे । तत्कालिन बैंक अफ एशिया नेपाल र एनआईसी बैंकको मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे थियाे ।

तत्कालिन सिभिल बैंक तत्कालिन जनता बैंक , ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत  हुनुहुथ्याे ।

प्रमुख कार्यकारी अधिकृत शाक्यको तृष्ण विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ अनुभवका कारण बैंकले उहाँको कार्यकालमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै थप सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायीतथा परिणाममुखी अभ्यास गर्दै उनको दूरदृष्टि र नेतृत्वले बैंकले थप सफलता प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको शिखरमा पुर्याउने दृढ विश्वास लिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १४:३६